माछापुच्छे बैंकको खुद मुनाफा ३८ करोड ६९ लाख रुपैयाँ
काठमाडौं, १५ कात्तिक । माछापुच्छे बैंक लिमिटेडले पहिलो ३ महिनामा ३८ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधीमा बैंकले २५ करोड ११ लाख रुपैयाँ खुद मनाफा आर्जन गरेको थियो । समिक्षा अवधीमा बैंकले निक्षेप तथा कर्जा प्रवाहलाई पनि वृद्धि गरेको छ ।
बैंकले ७७ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । समिक्षा अवधीमा बैंकले ८४ करोड २५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।