Date

बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

भोली देखि राष्ट्रिय कर सप्ताह,५ वर्षमा करदाता संख्या ३० लाख पुर्याइने

भोली देखि राष्ट्रिय कर सप्ताह,५ वर्षमा करदाता संख्या ३० लाख पुर्याइने

काठमाडौं, ३० कात्तिक । सरकारले भोली देखि राष्ट्रिय कर सप्ताह मनाउने भएको छ । कर ः समृद्ध नेपाल, सुखी नेपालीको भर भन्ने मुल नारा सहित करमा सहभागिता बढाउन र सचेतना जगाउन कर सप्ताह  मनाउन लागिएको आन्तरिक राजस्व विभागले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

सो कार्यक्रम अन्तर्गत भोली प्रभातफेरी सहित अर्थमन्त्री डा.युवराज खतिवडाको सहभागितामा कार्यक्रम आयोजना गरिने छ । त्यसपछिका दिनहरुमा काठमाडौं सहित देशभर करदाता शिक्षा, अन्तरक्रिर्या लगायतका कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

विभागका अनुसार हाल व्यवसायीक र रोजगारीमा आवद्ध गरि १८ लाख करदाताहरु रहेका छन् । आगामी ५ वर्ष पछि यो संख्यालाई ३० लाख पुर्याउने लक्ष्य राखिएको विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *