Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

युनाईटेड फाइनान्सले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने

युनाईटेड फाइनान्सले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं, ३० कात्तिक । युनाईटेड फाईनास लिमिटेडले गत आर्थिक बर्ष २०७४÷७५ को मुनाफाबाट आफ्ना सेयर धनीहरुलाई ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न २४ औं बार्षिक साधारण सभाले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यसका साथै साधारण सभाले भारतको कोची स्थित मुत्तूट फाईनान्सलाई वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्र्याउन प्रिमियम सहित १ सय ९० रुपैयाँका दरले २१ लाख कित्ता संस्थापक सेयर जारी गरेपछि पूँजी परिवर्तन हुने भएकाले सो अनुसार प्रबन्ध पत्र संशोधनको स्विकृती पनि दिएको छ ।

वि.सं. २०४९ सालमा स्थापना भएको युनाईटेड फाइनान्सले मुलुक भर १५ वटा शाखा कार्यालयबाट करिब ४५ हजार भन्दा ग्राहकहरु आवद्ध छन् ।

कम्पनीको कुल पुँजी ८० करोड ५ लाख रुपैयाँ रहेको छ । निष्कृय कर्जा न्युन बिन्दुमा रहेको छ भने पूँजी पर्याप्तता अनुपात १६.६७ प्रतिशत रहेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x