भोली देखि राष्ट्रिय कर सप्ताह,५ वर्षमा करदाता संख्या ३० लाख पुर्याइने
काठमाडौं, ३० कात्तिक । सरकारले भोली देखि राष्ट्रिय कर सप्ताह मनाउने भएको छ । कर ः समृद्ध नेपाल, सुखी नेपालीको भर भन्ने मुल नारा सहित करमा सहभागिता बढाउन र सचेतना जगाउन कर सप्ताह मनाउन लागिएको आन्तरिक राजस्व विभागले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
सो कार्यक्रम अन्तर्गत भोली प्रभातफेरी सहित अर्थमन्त्री डा.युवराज खतिवडाको सहभागितामा कार्यक्रम आयोजना गरिने छ । त्यसपछिका दिनहरुमा काठमाडौं सहित देशभर करदाता शिक्षा, अन्तरक्रिर्या लगायतका कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
विभागका अनुसार हाल व्यवसायीक र रोजगारीमा आवद्ध गरि १८ लाख करदाताहरु रहेका छन् । आगामी ५ वर्ष पछि यो संख्यालाई ३० लाख पुर्याउने लक्ष्य राखिएको विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले जानकारी दिए ।