Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

२७ बाणिज्य बैंकको वित्तिय विवरण सार्वजनीक, कुन बैंकको नाफा कत्ति ?

२७ बाणिज्य बैंकको वित्तिय विवरण सार्वजनीक, कुन बैंकको नाफा कत्ति ?

काठमाडौं, १ मंसिर । संचालमा रहेका २८ वटा वाणिज्य बैंकहरु मध्ये २७ वटा बैंकहरुले चालु आर्थिक बर्ष २०७५÷०७६ को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजानीक गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको सार्वजनीक गर्न बाँकी वित्तिय विवरण बाहेक अन्य बैंकहरु मध्ये अधिकांशले गत बर्षको सोही अवधीको तुलनामा मुनाफामा उल्लेख्य वृद्धि गरेका छन् ।

वित्तिय विवरण सार्वजानीक गर्ने बैंकहरु मध्ये नेपाल इन्भेष्टमेन्ट बैंकले सबै भन्दा बढी मुनाफा गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५ करोड ४६ लाख रुपैयाँ मुनाफा कमाएको छ । त्यस्तै नविल बैंक १ अर्व ५ करोड २४ करोड रुपैयाँ नाफा गर्दै दोस्रो नाफा कमाउने बैंक बन्न सफल भएको छ ।

त्यस्तै नेपाल बैंक लिमिटेडले ९१ करोड ३८ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले ५३ करोड, ५८ लाख रुपैयाँ, बृषि विकास बैंकले ६६ करोड ३१ करोड रुपैयाँ नाफा गरेका छन् । सिटिजन्स बैंकले ४३ करोड १३ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ५२ करोड ५० लाख, प्रभु बैंकले ५९ करोड ८४ लाख, माछापुच्छ्रे बैंकले ३७ करोड १६ लाख, जनता बैंकले ३२ करोड १९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

सेन्चुरी कमर्सियल बैंकले २६ करोड ४ लाख, सन्राइज बैंकले ३३ करोड १४ लाख, मेगा बैंकले ४० करोड ४५ लाख, सानिमा बैंकले ५१ करोड ८८ करोड, लक्ष्मी बैंकले ३० करोड ३० लाख, एभरेष्ट बैंकले ६३ करोड ३३ लाख, कुमारी बैंकले ३५ करोड १८ लाख, एनएमबी बैंकले ५५ करोड नाफा गरेको वित्तिय विवरण सार्वजनीक गरेका छन् । त्यस्तै, प्राइमले कमर्सियल बैंकले ५८ करोड १९ लाख, एनआसी एसिया बैंकले ७५ करोड, नेपाल एसविआइ बैंकले ४८ करोड बैंक अफ काठमाडुले ३८ करोड, हिमालयन बैंकले ६४ करोड र सिभिल बैंकले १८ करोड रुपैयाँ नाफा गरेको वित्तिय विवरण प्रकाशन गरेका छन् ।

पूँजी बृद्धिले बैंकहरुले लगानीलाई विस्तार पनि गरेका छन् । समग्र बैंकहरुको खुद नाफा, खुद व्याज आम्दानी र जगेडा कोषमा निकै विस्चार भएको विवरणमा उल्लेख छ । बाणिज्य बैंकहरुको समग्रमा खुद नाफा ४३.८८ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x