Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोलम्बो प्रोसेसको मन्त्रीस्तरीय बैठक आज

कोलम्बो प्रोसेसको मन्त्रीस्तरीय बैठक आज

काठमाडौं, ३० कात्तिक । कोलम्बो प्रोसेसको बैठक काठमाडौंमा जारी छ । आप्रवासी श्रमिकका साझा हकहित, चासोबारे परामर्श लगायत श्रमका विषयमा छलफल गर्न हिजो देखि ‘कोलम्बो प्रोसेस’को बैठक सुरु भएको हो ।

उच्च अधिकारीस्तरीय बैठकमा प्रोसेसका पाँचवटै कार्यसमूहका अध्यक्षले कार्यप्रगति र कार्यदिशा प्रस्तुत गर्नेछन् । बैठकले श्रम आप्रवासन सम्बन्धी काठमाडौं घोषणापत्रलाई पनि अन्तिम रूप दिनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार बैठकमा १२ देशका उच्च अधिकारीको सहभागिता छन । मन्त्रीस्तरीय बैठक भने आज देखि सुरु हुनेछ । सो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

एशिया क्षेत्रका श्रमिक आपूर्ति गर्ने देशको साझा मञ्च ‘कोलम्बो प्रोसेस’ वैदेशिक रोजगारीसम्बन्धी उत्कृष्ट अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने उद्देश्यले स्थापना गरिएको खुकुलो सञ्जाल हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x