Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

नबिल बैंकको स्वास्थ्य बीमा योजना लागु

नबिल बैंकको स्वास्थ्य बीमा योजना लागु

काठमाडौं, ९ मंसिर । नबिल बैंक लिमिटेडले नबिल केयर योजना अन्तर्गत आफ्ना खातावालाहरुका लागि स्वस्थ्य बीमा योजना ल्याएको छ । बैंकले सो योजना मेट लाईफ इन्सोरेन्ससंगको सहकार्यमा आइतबार देखि लागु हुने गरि संचालनमा ल्याएको राजधानीमा आज एक कार्यक्रमको आयोजना गरि जानकारी दिएको हो ।

बैंकले उक्त योजनामा सेवाग्राहीहरुलाई १३ वटा विभिन्न घातक रोगको उपचारका लागि ३ लाख रुपैयाँ सम्मको उपचार खर्च दिने छ । साथै खातावालाहरुको असामहिक निधन भएमा बैंकले उसको परिवारलाई ७५ हजार रुपैयाँ सम्म सहयोग पनि गर्नेछ । यो योजनामा समावेश हुनका लागि नबिल बैंकमा खाता भई न्युनतम २५ हजार रुपैयाँ सम्म रकम बचत भएको हुनुपर्ने बैंकले जनाएको छ।

बचतकर्ताहरुले समावेश भएका १३ वटा घातक रोगको उपचार गराउन सम्बन्धित डाक्टरको सिफारिसमा बैंकको कुनै पनि शाखाबाट यो योजना अन्तर्गतको रकम प्राप्त गर्ने सक्ने छन् । हाल बैंकले न्युनतम २५ हजार रुपैयाँ सम्म बचत भएका बचतकर्ताहरुको स्वास्थ्य बीमा मंसिर ८ गते देखि गरिसकेको जानकारी दिएको छ । नविल बैंकले हाल आफ्ना देश भएका ७४ वटा शाखा, १ सय १८ वटा एटिएम र १५ सय भन्दा बढी नबिल रेमिट्बाट सेवाग्राहीमा सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *