Date

शनि, कार्तिक १५, २०८२
Sat, November 1, 2025

कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको खोजी, इच्छुकले १५ दिन भित्र आवेदन दिन सक्ने

कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको खोजी, इच्छुकले १५ दिन भित्र आवेदन दिन सक्ने

काठमाडौं, १० मंसिर । कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन माग गरेको छ। सरकारी लगानी रहेको बैंकले आइतबार प्रकाशन गरेको सूचना अनुसार इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्ने छन् ।

त्यसका लागि व्यवस्थापन तथा अर्थशास्त्रमा स्नातकोत्तर उतिर्ण वा चार्टर्ड एकाउन्टेन्सी उत्तिर्ण गरी बैंकिङ क्षेत्रमा अधिकृतस्तर वा सो भन्दा माथिको पदमा १० वर्ष काम गरेको अनुभव हुनुपर्ने छ ।

त्यस्तै आवेदन दिँदा ५ हजार शब्दमा नबढाइकन व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने छ । पदपूर्ति समितिले शैक्षिक योग्यता र पेश भएको व्यावसायिक कार्ययोजनाको आधारमा आवेदकहरुमध्येबाट ५ जनालाई छनौट गर्नेछ । उनीहरुको व्यवसायीक योजना प्रस्तुति गरेपछि राम्रो प्रस्तुति दिने ३ जनाको नाम सरकारलाई सफारिस गर्ने छ । सिफारिसमा परेका ३ जनामध्ये एक जनालाई सरकारले प्रमुख कार्यकारी अधिकृत नियूक्त गर्ने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला आफ्नो कार्यकाल सकिन लागेपछि बिहिबार देखि नै बिदामा बसेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *