Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

लगानीकर्ताको माग सम्बोधन गर्ने धितोपत्र बोर्डको आश्वासन

लगानीकर्ताको माग सम्बोधन गर्ने धितोपत्र बोर्डको आश्वासन

काठमाडौं, ३ पुस । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई संयमित भएर दोस्रो बजार कारोबारलाई संचालन गर्न आग्रह गरेको छ । बोर्डले आज प्रेस विज्ञप्ती जारी गरी विगत केहि दिनदेखि लगानीकर्ताहरुले पूँजीबजार सम्बन्धी राखेका माग तथा कारोबार रोक्ने सम्बन्धी गरेका अवाञ्छित स्थितिप्रति ध्यानाकर्षण भएको जनाउदै यस्तो आग्रह गरेको हो ।

पछिल्लो समयमा मुद्रा तथा पूँजीबजारमा देखिएका समस्याहरु पहिचान गरी सुझाब पेश गर्न बोर्डको समेत प्रतिनिधित्वमा लगानीकर्ताका प्रतिनिधिहरुलाई समेटेर गठन भएको समितिले चाडै आफ्नो प्रतिवेदन बुझाउने क्रममा रहेको बोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

समितिले सरोकारवालाहरुसँग छलफल गरी दिइने सुझावहरुको कार्यान्वयनबाट बजारमा थप विकास र स्थायित्व अभिवृद्धि हुने तथा लगानीकर्ताका माग समेत सम्बोधन हुनेमा बोर्ड विश्वस्त रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *