बुधबार नेप्से ५.४६ अंकले घट्यो, कारोबार भने ३८ करोड रुपैयाँ भन्दा बढी
काठमाडौं, ४ पुस । बुधबार सेयर बजार नकारात्मक देखिएको छ । कारोबार शुरु भएको दिन र दोस्रो दिन सकारात्मक देखिएको बजार तेस्रो दिन र चौथा दिन भने नकारात्मक देखिएको हो । बुधबार नेप्से परिसुचक ५.४६ अंकले घटेर १,१६२.७० विन्दुमा कारोबार बन्द भएको छ ।
बुधबार कारोबार भएका कुल १५८ कम्पनीको १३,०२,८२२ कित्ता सेयर खरिद बिक्री हुँदा ३८ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिनका तुलनामा कारोबार रकम भने १५ करोड रुपैयाँ भन्दा बढीले घटेको छ ।
मंगलबार कुल सेयर कारोबार रकम ५३ करोड रुपैयाँ भन्दा बढी रहेको थियो । बुधबार सबै भन्दा धेरै नेपाल नेपाल लाइल इनसोरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको आज ३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।
यस्तै बुधबार सबै भन्दा बढी कमाउनेमा कावेली विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ९.९३ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी गुमाउनेमा नाग्दी गु्रप पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ७.३१७०७ प्रतिशतले घटेको छ ।
यसैगरि बुधबार नेप्सेमा सुचिकृत १० वटा समुहहरुमा ४ वटा समुहको परिसुचक बढेको छ भने बाँकी ६ वटा समुहको परिसुचक घटेको छ । परिसुचक बढ्नेमा विकास बैंक समुह, फाइनान्स समुह, निर्जीवान बीमा समुह र उत्पादन तथा प्रशोधन समुह रहेका छन् भने परिसुचक घट्नेमा बैंकिङ्ग समुह, होटल समुह, हाइड्रोपावर समुह, अन्य समुह, माइक्रोफाइनान्स समुह र जिवनबीमा समुह रहेका छन् ।