Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

गुणस्तरहीन सिमेन्ट उत्पादन तथा बिक्री गरी उपभोक्ता ठग्दै सिमेन्ट उद्योगहरु

गुणस्तरहीन सिमेन्ट उत्पादन तथा बिक्री गरी उपभोक्ता ठग्दै सिमेन्ट उद्योगहरु

काठमाडौं, ९ पुस ।  गुणस्तरहीन सिमेन्ट बिक्री गरी उपभोक्ता ठगी गरेकोमा केही सिमेन्ट उद्योगहरु सरकारको कारवाहीमा परेका छन् । यसरी कारवाहीमा पर्नेहरुमा होङ्सी, गणपति, शुभश्री जगदम्बा लगायतका केहि सिमेन्ट कम्पनी रहेका छन् । गुणस्तर तथा नापतौल विभागले  विभागले २०७४ साउनदेखि ६ पुस २०७५ सम्ममा १५ सिमेन्ट उद्योग अनुगमन गरेकोमा मापदण्डविपरीत सिमेन्ट बिक्री ती सिमेन्ट उद्योगमाथि कारबाही अघि बढाएको छ ।  विभागले अनुगमनक्रममा गुणस्तरहीन सिमेन्ट बिक्री गरी उपभोक्ता ठगी गरेको र भवन जोखिममा पार्ने काम गरेको पाइएकाले होङ्सी, गणपति, शुभश्री जगदम्बा लगायतका सिमेन्टमाथि कारबाही अघि बढाएको हो ।

विभागले अत्यधिक गुणस्तरहीन भेटिएपछि गणपति सिमेन्ट बिक्री वितरणमा रोक लगाएको छ । विभागले होङ्सी, गणपति र शुभश्री जगदम्बा सिमेन्ट बजारबाट फिर्ता गर्न सञ्चालकलाई पत्राचार गरेको छ । विभागले गुणस्तरहीन भन्दै खरिद नगर्न उपभोक्तालाई आग्रहसमेत गरेको छ ।

उपभोक्ताले होङ्सी, गणपति र शुभश्री जगदम्बालगायतका सिमेन्टबाट ठगिएको भन्दै उजुरी परेपछि ती सिमेन्ट उद्योगमाथि कारबाही थालिएको विभागले जनाएको छ । यस्तै, उपभोक्ताले सगरमाथा सिमेन्ट पनि गुणस्तरहीन भएकाले आफूहरू ठगिएको भन्दै कारबाहीको माग गर्दै आइरहेका छन् ।विभागले काठमाडौं, ललितपुर, मोरङ, जनकपुर, झापा र बारा पुगेर ३४ वटा नमुना लिई परीक्षण गरेको थियो । यसरी परीक्षण गर्दा होङ्सी, गणपति र शुभश्री जगदम्बालगायतका सिमेन्ट पूर्ण रूपमा गुणस्तरहीन भेटिएको प्रवक्ता उपनिर्देशक रोमी मानन्धरले जानकारी बताइन ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x