जनता बैंक र सिटिजन लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं, १८ पुस । जनता बैंक नेपाल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत तोषकराज पौडेलले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै १ सय २८ शाखाहरुबाट सिटिजन लाइफ इन्स्योरेन्सका बीमा पोलेसीहरु खरिद गर्ने सक्नेछन् ।