Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बीमा कम्पनीहरुको पूँजी बृद्धि, समय थप्नेबारे समिति छलफलमा

बीमा कम्पनीहरुको पूँजी बृद्धि, समय थप्नेबारे समिति छलफलमा

काठमाडौं, २५ पुस । बीमा समितिले संचालनमा रहेका बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धिको समयावधी थप्नेबारे छलफल थालेको छ । नेपालमा हाल संचालनमा रहेका ३९ वटा बीमा कम्पनीहरुको २०७५ असार मसान्त सम्मको संचित नाफाबाट बोनस सेयर जारी गर्दा तोकिएको चुक्ता पुँजी पुग्ने कम्पनीहरुलाई समितिले तोकिएको न्युनतम पुँजी पु¥याउन समय थप्ने भएको हो । तर अन्य कम्पनीहरुको हकमा भने समितिमा छलफल भइरहेको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईले जानकारी दिए ।

जीवनबीमा कम्पनीले २ अर्व र निर्जीबनबीमा कम्पनीहरुले एक अर्व रुपैयाँ चूक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था समितिले गरेको छ । तर समितिले विशेष अबस्थामा ३÷३ महिना गरि बढीमा ६ महिना सम्म समय थप्न पाउने व्यवस्था गरेको छ । सो थप गरिएको समय यही पुस मसान्तमा सकिदै छ । बीमा कम्पनीहरुको आग्रहमा बीमा समितिले सम्भाव्यता भएका कम्पनीहरुलाई ६ महिनाको समय थप गर्न लागिएको समितिका अध्यक्ष चापागाँईले बताए । बीमा कम्पनीहरुले बार्षिक साधारण गर्दा गत आर्थिक बर्षको संचित नाफाबाट बोनस सेयर जारी गरि तोकिएको चुक्ता पुँजी पु¥याउन सक्ने देखिएमा मात्र ती कम्पनीहरुलाई ६ महिनाको समय थप गर्ने उनले बताए ।

बीमा कम्पनीहरुको मुल्यांकनले गर्दा र नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर (एनएफआरएस) लागु गर्दा बार्षिक साधारणसभा पनि पछि सरेको हुँदा बीमा कम्पनीहरुले समितिले तोकेको पुँजी पु¥याउन सक्ने अध्यक्ष चापागाँईको भनाई छ । संचित मुनाफाबाट बोनस सेयर जारी गर्दा समेत तोकिएको पुँजी पु¥याउन नसक्ने बीमा कम्पनीहरुलाई के गर्ने भन्ने बिषयमा संचालक समितिमा छलफल भइरहेको उनले बताए ।

बीमा समितिले बिमकको दर्ता र व्यवसाय सम्बन्धी निर्देशीका २०७३ जारी गर्दै आर्थिक बर्ष २०७४÷०७५ को अन्त्य सम्म तोकिएको न्युनतम चुक्ता पुँजी पु¥याएउन निर्देशन दिएको थियो । पहिलो चरणमा निर्जीवन बीमा कम्पनीलाई ५० करोड र जीबन बीमा कम्पनीलाई १ अर्ब रुपैयाँ चुक्ता पुजी कायम गर्नु पर्ने समितिको निर्देशन भएता पनि पछि सो न्युनतम पुँजीको दायरा समितिले बढाएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x