फेरी केही दिन बर्षा र हिमपातको संभावना
काठमाडौं,२ फागुन । अबको केही दिन मौसम बदली भई देशभरी धेरै ठाउँमा पानी पर्ने हिमपाता हुने भएको छ । पश्चिमी वायुको प्रभावले अहिले पूर्वबाहेक अन्य भूभागको मौसम बदली भएका कारण पानी पर्ने हिमपात पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् सुजन सुवेदीका अनुसार अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसो पछि बदली हुनेछ । बिहीबार देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने देखाएको छ । यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको संभावना रहेको उहाँले बताउनुभयो
अबको तीन दिन मौसम एकैछिन खुलेपनि फेरि बदली भई धेरै ठाउँमा पानी पर्ने संभावना रहेको सुवेदीको भनाइ छ ।