Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सुदुरपश्चिम प्रदेशकै पहिलो अत्याधुनिक क्षमताको सभाहलको निमार्ण कार्य तिव्र

सुदुरपश्चिम प्रदेशकै पहिलो अत्याधुनिक क्षमताको सभाहलको निमार्ण कार्य तिव्र

धनगढी, १८ चैत । सुदुरपश्चिम प्रदेशकै पहिलो अत्याधुनिक क्षमताको सभाहलको निमार्ण प्रक्रिया अघि बढेको छ। गत माघ २ गते विकोई एम के रोयल जे.विसंग सम्झोता भएको सभाहलको अहिले फाउडेशनको कार्य भईरहेको छ।

धनगढी उप महानगरपालिका वडा नम्बर ८ को भाषा स्कुल नजिकै सुविधा सम्पन्न एक हजार क्षमताको सभाहलको निर्माण भईरहेको छ। भवन संहिता तथा सरकारी भवन निर्माण अन्तर्गत शहरी विकाश तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले २५ करोड २६ लाख महकर सहितको लागतमा अत्याधुनिक सुविधा सहितको अन्डर ग्राउण्ड पाकिङ ,३ तले सहितको मुख्य र सहायक हल बन्ने सभाहलको ३० महिना भित्र निमार्ण कार्य सम्पन्न गरिने लक्ष्य रहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका ईन्जीनियर झंक बहादुर थापाले बताए ।

हाल धनगढीमा विभिन्न सभा समारोह आयोजना गर्नका लागि हलको अभाव रहेको जसका कारण यहाका होटल तथा मुख्य सकडमै आवातजावत बन्द गरि कार्यक्रम गर्नुपर्ने बाध्यता रहेकाले छ। उक्त हल निर्माणपछि विभिन्न सभासमारोह गर्नका लागि सहज हुने अपेक्षा गरिएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले बताए ।

उक्त हल निर्माणपछि उप महानगरपालिकालाई हस्तानत्रण गरिने र वडा नं ८ ले निर्माण कार्यको दैनिकी रुपमा अनुगमन गदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x