Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

प्रभु बैंकका ५ वटा शाखा रहित बैंकिङ्ग सेवा मुस्ताङ र म्याग्दीमा

प्रभु बैंकका ५ वटा शाखा रहित बैंकिङ्ग सेवा मुस्ताङ र म्याग्दीमा

कठमाडौं, २७ चैत । प्रभु बैंक लिमिटेडले मुस्ताङ्ग र म्याग्दीमा ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं. २ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ४ स्थित कागबेनी, थासाङ गाउँपालिका वडा नं. १ स्थित टुकुचे तथा वडा नं. ३ स्थित लेते र म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नंं. ३ स्थित दाना गरी ५ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

यी पाँचवटै शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ भएसँगै बैंकिङ्ग सेवाबाट मुस्ताङ्ग र म्याग्दी जिल्लास्थित सम्बन्धित क्षेत्रका स्थानीय वासिन्दाहरुलाई खाता खोल्ने तथा आफ्नो खाताबाट तोकिएको सीमासम्मको कारोबार गर्ने लगायतको बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x