Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

जेठ ३ देखि काठमाडौंमा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो हुने

जेठ ३ देखि काठमाडौंमा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी  एक्स्पो हुने

काठमाडौं, ४ बैशाख । आगामी जेठ ३ गते देखि लैनचोर स्थित खानी तथा भूगर्भ विभागमा नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो हुने भएको छ। खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका आयोजनामा उक्त एक्स्पो हुन लागेको हो ।

नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उजागर गर्ने उद्देश्यका साथ यस वर्ष पनि सो एक्स्पोको आयोजना गर्न लागेको महासंघका अध्यक्ष रमेश महर्जनले जानकारी दिए । मेलामा भारत, चीन लगायतका एशियाली र युरोपियन मुलुकहरुका गरी ७० वटा स्टल रहने छ।

एक्स्पो जेठ ५ गते सम्म चल्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x