मलेसियन प्लासिड एक्सप्रेस र मेगा बैंकबीच रेमिट्यान्स कारोबार गर्ने सम्झौता
काठमाडौं, ५ बैशाख । मेगा बैंक नेपाल र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमिन्टेन्स कारोबार गर्ने सम्झौता भएको छ । मलेसियाबाट छिटो, छरितो रुपमा नेपालमा रेमिटेन्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको जनाइएको छ।
यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने विश्वास बैंकको रहेको छ।