Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बीआरआईबारे स्पष्ट योजना निर्माण गर्न विज्ञहरुको सुझाव

बीआरआईबारे स्पष्ट योजना निर्माण गर्न विज्ञहरुको सुझाव

काठमाडौं, ५ बैशाख । चीनको महत्त्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे स्पष्ट योजना तय गर्न विज्ञले सुझाव दिएका छन् । काठमाडौंमा सावतीले आयोजना गरेको ‘बीआरआई र नेपालमा यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले योजनामा नेपाल अत्याधिक ऋणको भारबाट बच्नुपर्ने भन्दै यस्तो सुझाव दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले बीआरआई जस्ता महत्त्वाकांक्षी योजनाबारे सचेत रहनुपर्ने बताए । उनले योजनाका लागि दिइने सहयोग ऋण वा अनुदान, ऋण भए कति ब्याजदर कति हुनेजस्ता विषयमा स्पष्ट हुनुपर्ने बताए । त्यस्तै अन्तरक्रियामा सहभागी अन्य विज्ञहरुले पनि संरचना निर्माण गर्दा कुनै नीतिको जालमा पर्ने खतराबाट बच्नुपर्ने सुझाव दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x