राष्ट्रिय बाणिज्य बैंकद्वारा जेष्ठ नागरिकको खाता खोल्ने कार्यक्रम संचालन
काठमाडौं, ५ बैशाख । राष्ट्रिय वाणिज्य बैकले जेष्ठ नागरिकहरुको लागि खाता खोल्ने कार्यक्रम संचालन गरेको छ । बैंकले आज अग्रज समाज नेपालसँगको सहकार्यमा काठमाडौंको मिनभवन स्थित यातायात व्यवस्था विभागको परिसरमा समृद्धि बचत खाता खोल्ने कार्यक्रम संचालन गरेको हो ।
बैंकका उपकार्यकारी अधिकृत टेकराज जोशीले जेष्ठ नागरिक उद्धबबहादुर थापालाई चेकबुक हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । राष्ट्रिय बाणिज्य बैंक समृद्धि बचत खाता खोल्दा बैंकको तर्फबाट एक सय रुपैयाँ खातामा जम्मा गरिदिने छ ।
यो कार्यक्रमले सरकारले संचालन गरेको सबै नेपालीको बैंक खाता अभियानलाई सार्थक बनाउन मदत पुग्ने विश्वास बैंकको रहेको छ ।