Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लाभकर बढी भएको भन्दै एनसेलद्वारा सर्वोच्चमा रिट दायर, साढे १४ अर्व माग दाबी

लाभकर बढी भएको भन्दै एनसेलद्वारा सर्वोच्चमा रिट दायर, साढे १४ अर्व माग दाबी

काठमाडौं, ९ बैशाख । ठुला करदाता कार्यालयले धेरै कर निर्धारण गरिएको भन्दै एनसेलले सर्वोच्चमा रिट दायर गरेको छ । आयकर ऐन २०५८ को व्यवस्था अनुसार कर निर्धारणको अंक नमिलेको भन्दै आज सर्वोच्चमा मुद्दा दायर गरको हो ।

गतसाता ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड रुपैया कर निर्धारण गरेको थियो। यसमध्ये करिब साढे ३९ अर्ब रुपैयाँ एनसेलले बुझाउनुपर्ने हुन्छ। तर उसले करिब साढे १४ अर्ब रुपैयाँ हुनुपर्ने मागदाबी गरेको छ।

२१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९०० सय रुपैयाँ अर्थात १५ प्रतिशत पहिल्यै भुक्तानी गरिसकेकोले कानून बमोजिम लाग्ने पच्चीस प्रतिशत मध्ये तिर्न बुझाउन बाँकी दश प्रतिशत पूँजीगत लाभकर १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सयमात्र कर निर्धारण गर्नु एनसेलले सर्वोच्चमा दायर गरेको रिटमा उल्लेख छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x