Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

शुक्रबारबाट संसदमा बजेटका प्राथमिकता माथि छलफल शुरु हुदै

शुक्रबारबाट संसदमा बजेटका प्राथमिकता माथि छलफल शुरु हुदै

 काठमाडौं,२५ बैंशाख । प्रतिनिधि सभामा आउदो शुक्रबारदेखि आगामी आर्थिक बर्ष २०७६।०७७ काे बजेटका प्राथामिकता सम्वन्धमा छलफल शुरु हुने भएको छ । यसअघि नीति तथा कार्यक्रम संसदमा पेश हुनु अघि नै बजेटका प्राथामिकताका सम्वन्धमन छलफल गर्ने गरिएपनि यस पटक भने नीति कार्यक्रम पारित भएपछि छलफल गर्न लागिएको हो ।प्रतिनिधि सभा नियमावलीमा राजश्व र व्यायका अनुमानहरु संसदमा प्रस्तुत हुनु १५ दिन अघि विनियोजन विद्येयका प्राथामिकता सम्वन्धमा कर प्रस्ताव बाहेका विषयमा सदनमा छलफल गर्नु पर्ने ब्यवस्था छ ।

बजेटले सरकारले भन्दै आएको समृद्ध नेपाल सुखी नेपालीका लागि आर्थिक संवृद्धिको एजेण्डालाई प्राथामिकता दिने बताइएको छ । आगामी ४ बर्ष भित्र दुइ अंकको आर्थिक बृद्धिदर भेटने गरी तीब्र गतिको आर्थिक वृद्धिदर हासिल गर्ने, सामाजिक न्यायलाई बढावा दिने, सबै नागरिकलाई रोजगार अवसर प्रदान गर्ने महत्वाकांक्षी योजना आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटका प्राथमिकतामा समेटने तयरी सरकारको छ ।  सुशासन र उत्पादन मुखी श्रम सम्बन्धको विकास गर्दै राज्यले सबै नेपाली नागरिकको लागि रोजगारीको अवसर सुनिश्चित गर्नेतर्फ बजेट केन्द्रित गर्ने गरी बजेट निर्माणको तयारी भइरहेको छ । यस्तै सार्वजनिक निर्माण, साना तथा मझौला उद्योग, पर्यटन, व्यवसायिक, कृषि वन र आधारभूत सेवाका क्षेत्रहरुमा रोजगारी सिर्जनालाई महत्व दिदै  मौलिक हकको कार्यान्वनयमार्फत २०३० अगाबै दिगो विकासका लक्ष्य हासिल गर्ने सरकारको नीति रहेको छ ।

संवैधानिक ब्यवस्था अनुशार आउदो जेठ १५ गते  अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । हरेक बर्ष जेठ १५ मा संसदमा बजेट पेस गर्नुपर्ने संवैधानिक ब्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x