Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

तातोपानी नाका आगामी जेठ ६ गतेदेखि सञ्चालन हुने

तातोपानी नाका आगामी जेठ ६ गतेदेखि सञ्चालन हुने

काठमाडौं,२५ बैशाख ।  भूकम्पका कारण बन्द भएको तातोपानी नाका आगामी जेठ ६ गतेदेखि सञ्चालनमा आउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर नाका संचालनकाे तयारीका बारेमा जानकारी दिएका हुन । यस्तै अधिकारीले चीनका सुक्खा र समुद्री बन्दरगाहबाट सामान छुटाउने, आयात प्रक्रिया, आवश्यक पर्ने कागजात, ढुवानी खर्च दूरी र समय अध्ययन गर्न विशेषज्ञसहितको टोली चीनतर्फ प्रस्थान गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।  राष्ट्रपति भ्रमणका क्रममा भएको  “पारवहन यातायात सम्झौता र उक्त सम्झौताको प्रोटोकलको कार्यान्वयनको अवस्थाका बारेमा पुनरावलोकन गर्न नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र चीनको यातायात मन्त्रालयका सचिवस्तरमा एक संयुक्त परामर्श संयन्त्र  बनाइएको समेत पत्रकार सम्मेलनमा जानकारी राराइयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x