१५ अर्ब रुपैयाँको रिपो बिक्री गरिदैं
काठमाण्डौ,२५ काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ राष्ट्र बैंकले आज १५ अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोल गर्न लागेको हो । एक सुचना जारी गर्दै सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको रिपोमा ‘क’, ‘ख’ वर्गका बैंक तथा ‘ग’ वर्गको वित्त कम्पनीले भाग लिन पाउने छन् । पछिल्लो समयमा राष्ट्र बैंकले लगातार रुपमा ट्रेजरी बिल तथा रिपो बिक्री गर्दै आइरहेको छ ।