Date

मङ्ल, जेष्ठ २७, २०८२
Tue, June 10, 2025

लुम्बिनी जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

काठमाडौं, २५ बैशाख । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ । इन्स्योरेन्सको विशेष साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको हो ।
साधारण सभामा सञ्चालक समितिका अध्यक्ष मनोहरदास मूलले १० शेयर बराबर २ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गरेका छन् । आव २०७४/०७५ को वित्तीय विवरणबाट बोनस शेयर वितरण गरी बीमा समितिबाट निर्धारित समयावधीमा चुक्ता पूँजी पूरा गर्ने योजना रहेपनि वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस शेयर जारी गर्न नसकिने अबस्था आएकोले हकप्रद शेयर जारी गर्न प्रस्ताव गरिएको अध्यक्ष मूलले जानकारी गराए ।

त्यसैगरी सभाले कम्पनीको हालको चुक्ता पूँजी ८८ करोड रुपैयाँको २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *