Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

धनगढी विमानस्थल स्तरोन्नतीको काम ३० प्रतिशत मात्रै सम्पन्न, जेठ २१ देखि विमानस्थल संचालनमा आउन मुश्किल

धनगढी विमानस्थल स्तरोन्नतीको काम ३० प्रतिशत मात्रै सम्पन्न, जेठ २१ देखि विमानस्थल संचालनमा आउन मुश्किल

विवेक नागरी

कैलाली, १२ जेठ । धनगढी विमानस्थल स्तरोन्नतीको काम ३० प्रतिशत मात्र सम्पन्न भएको छ । एक महिना भित्र सक्ने लक्ष्य सहित वैशाख २२ गतेदेखि विमानस्थल बन्द गरेर स्तरोन्नतीको काम सुरु गरिएको थियो ।

यही जेठ २१ गतेदेखि उडान सुचारु गर्ने गरि निर्माणको काम गर्ने प्रयास भइरहेको भएपनि अहिले सम्म ३० प्रतिशत मात्रै काम सकिएपछि समय अझ थप हुने अनुमान गरिएको छ । तर नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व इञ्जिनीयर योगेन्द्रराज शर्माले तोकिएकै समयमा निर्माण कार्य सकिने र नियमित उडान हुने दाबी गर्छन ।

प्रायः १० वर्षमा धावन मार्गको स्तरोन्नति गर्नुपर्ने भए पनि धनगढी विमानस्थलको भने विगत १४ वर्षदेखि धावनमार्गको स्तरोन्नती गरिएको थिएन । स्तरोन्नतीको लागि लुम्बिनी, कोशी एन्ड न्यौपाने, खड्का, कोइराला जेभी काठमाडौले १७ करोड ८८ लाख रुपैयाँमा ठेक्का लिएका छन् । ६० मिटर चौडाइ र १८ सय मिटर लम्बाइ रहेको विमानस्थलको धावनमार्गमा थप कालोपत्रे, दुबैतर्फ २ र २ मिटर धावन मार्ग फराकिलो र पार्किङ्गको क्षमता समेत थप गरिने छ।

विमानस्थल जस्तो संवेदनशिल क्षेत्र बन्द गरेर निर्माण गर्नु नहुने भन्दै स्थानीयले सुरु देखि नै विकल्पको माग गरिरहेका थिए । अझ यहि गतिमा काम भए जेठ २१ बाट पनि विमानस्थल संचालनको छाटकाट नदेखिएको भन्दै स्थानीयले प्रदेश सरकारको ध्यनाकर्षण गराएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x