एनआईबिएल सहभागिता फण्ड निष्कासन
काठमाडौं, १९ जेठ । एनआइबिएल एस क्यापिटलले पहिलो पटक खुलामुखी म्युचुअल फण्ड ‘एनआइबिएल सहभागिता फण्ड’ सार्वजनिक इकाई निष्कासन गरेको छ। बैंकले आज एक कार्यक्रमको आयोजना गरि उक्त फण्ड निष्कासन गरेको हो ।
नेपाल धितोपत्र बोर्डले बैंंकलाई सहायक कम्पनी एनआईबीएलएस क्यापिटल मार्फत ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई एनआईबीएल सहभागिता फण्ड निष्कासन गर्न अनुमति दिए पश्चात आज देखि सार्वसाधारणका लागि खुला गरेको हो । कोषमा लगानी इच्छुक लगानीकर्ताहरुले बैंकको शाखा कार्यालय एवं वितरक मार्फत जुनसुकै बेला पनि खरिद–बिक्री गर्न सक्ने छन् ।
खुलामुखी योजनाको उद्घाटन गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले नेपालको पूँजी बजारको लागि यसले नयाँ अध्याय सुरु गरेको बताए ।