Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बैंक तथा वित्तीय संस्थाको एक्सटेन्सन काउन्टर संचालनका लागि नयाँ व्यवस्था

बैंक तथा वित्तीय संस्थाको एक्सटेन्सन काउन्टर संचालनका लागि नयाँ व्यवस्था

काठमाडौं, २२ जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले एक्सटेन्सन काउन्टर खोल्ने सम्बन्धि नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७५ मा संशोधन गर्दै एक्सटेन्सन काउन्टर खोल्न चाहने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष अनुपात तथा चुक्ता पुँजी कायम गरेको हुनु पर्ने व्यवस्था गरेको हो । साथै, चालु तथा अघिल्लो आर्थिक वर्षमा अनिवार्य मौज्दात बाहेक केन्द्रीय बैंकबाट अन्य कुनै कारबाहीमा नपरेको हुनुपर्ने छ ।

त्यसैगरी निष्कृर्य कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी नभएको र तोकिएको ब्याजदर अन्तर (स्प्रेडदर) कायम भएको हुनुपर्ने, काठमाडौं उपत्यका, महानगर र उपमहानगरभित्रका अन्य कार्यालयमा पनि एक्सटेन्स काउन्टर खोल्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । व्यवस्थामा अदालत, अस्पताल, सैनिक ब्यारेक, विश्वविद्यालय, क्याम्पस, विद्यालय, सरकारी कार्यालय, औद्योगिक क्षेत्र तथा विदेशी कुटनैतिक नियोगहरुको सिफारिसमा यी निकायको हाताभित्र वा अधिकतम २ सय मिटरसम्मको दूरिभित्र काउन्टर खोल्न सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x