Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एक सय मेगावाट क्षमताको नीलगिरि निर्माण सुरु

एक सय मेगावाट क्षमताको नीलगिरि निर्माण सुरु

काठमाडौं, २७ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक सय मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ । नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण सुरु गरेको हो ।

कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले नीलगिरि क्यासकेडको पहुँच मार्ग बनाइसकेको र नीलगिरिको पहुँचमार्ग निर्माण सुरु भएको जानकारी दिए । डेढ वर्षको अवधिमा अक्करे पहाड छिचोलेर ११.५ किलोमिटर सडक निर्माण गरिएको हो । रानीबास भन्ने ठाउँमा आयोजनाको कार्यालय र प्रशासनिक भवन बनाइएको छ ।

उक्त आयोजनाका लागि १३ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । सो आयोजनाका लागि लगानी जुटिसकेको जानकारी दिइएको छ । चार दशमलव चार किलोमिटर सुरुङ हुने नीलगिरि क्यासकेडको पेनस्टक पाइपलाइन भूमिगत बनाइने भएको छ भने नीलगिरिको सुरुङ दुई हजार ४ सय मिटर हुने आयोजनाले जनाएको छ । आगामी चार वर्षभित्र आयोजना पूरा गरिने लक्ष्य छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x