Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

स्वास्थ्य बीमा कार्यक्रम : ४६ जिल्लाका १७ लाख ७० हजार आवद्ध, विचैमा छोड्नेको संख्या ३० प्रतिशत

स्वास्थ्य बीमा कार्यक्रम : ४६ जिल्लाका १७ लाख ७० हजार आवद्ध, विचैमा छोड्नेको संख्या ३० प्रतिशत

काठमाडौं, २ असार । नेपाल सरकारले संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा १७ लाख ७० हजार एक सय २२ जनाले बीमा गराएका छन् । चार वर्ष अघि कैलालीबाट सुरु भएको यो कार्यक्रम हाल बागलुङ, अछाम, बैतडी, इलाम,कास्की लगायतका ४६ जिल्लामा संचालित छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार बीमामा आवद्ध हुने कुल संख्यामा ८ लाख ४० हजार २० जना पुरुष छन् भने ९ लाख ३० हजार एक सय महिला छन् । यो संख्या कार्यक्रम संचालित ती जिल्लाको कुल जनसंख्याको १३ प्रतिशत मात्र हो । ०७७ साल भित्र देशभर यो कार्यक्रम विस्तार गर्ने सरकारी लक्ष्य छ ।

लक्ष्य अनुसार स्वास्थ्य बीमाको पहुँच विस्तारलाई तीब्र बनाउने बीमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले जानकारी दिए । बाँकी जिल्लामा कार्यक्रम संचालन गर्न आवश्यक जनशक्ति र संरचनासँगै नीतिगत सुधारको काम अघि बढाउने उनले बताए ।

यो बीमा कार्यक्रममा सहभागि हुनका लागि वार्षिक २५ सय रुपैयाँ बीमा शूल्क भूक्तानी गर्नुपर्नेमा अहिले बढाएर ३५ सय रुपैयाँ पु¥याइएको पनि कार्यकारी निर्देशक पोखरेलले जानकारी दिए । उक्त शूल्क वापत एकै परिवारका पाँच जनासम्मले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, सामान्य अपरेशन लगायत अधिकतम ५० हजार रुपैयाँसम्मको स्वास्थ्य सुविधा पाउने छन् ।

तर अतिकम गरिब वर्गमा परेका नागरिकलाई भने बीमा वापत भुक्तानी गर्नुपर्ने शूल्क शतप्रतिशत छुट हुनेछ । हाल सम्म ६ लाख २७ हजार ६५ जनाले यो सेवाको उपयोग गरिसकेका छन् ।

उसो त अहिले कार्यक्रम संचालन भएकै जिल्लामा सहभागिहरुको संख्या अत्यन्त न्यून मात्र छैन वार्षिक नविकरण शूल्क भुक्तानी नगरि बीचैमा छोड्नेको संख्या पनि उतिकै छ । बोर्डको तथ्यांक अनुसार अहिले ३० प्रतिशत नागरिकले नविकरण गराएका छैनन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x