Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

माथिल्लो तामाकोशीको काम समयमै सक्न घिसिङको निर्देशन

माथिल्लो तामाकोशीको काम समयमै सक्न घिसिङको निर्देशन

काठमाडौं, २ असार । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम तोकिएको समयभित्रै सम्पन्न गर्न पुनः निर्देशन दिएका छन्। उक्त आयोजना तोकिएको समयमा सम्पन्न गर्ने वातावरण मिलाउन हरेक महिना आयोजनास्थलमा पुग्ने गरेका उनले आइतबार पुनः निर्माण कामको अवलोकन गरि यस्तो निर्देशन दिएका हुन ।

स्वदेशी लगानीमा निर्धाणाधीन यो आयोजना ४ सय ५६ मेगावाटको हो । टोलीले निर्माणाधीन भौतिक संरचनाको निरीक्षण गरी आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग निर्माण प्रगति, नयाँ कार्यतालिका अनुसार काम सक्न देखिएका समस्या तथा चुनौती, समाधानका उपायबारे छलफल गरेको छ।

माथिल्लो तामाकोसी समयमै सम्पन्न भएमा मुलुकको अर्थतन्त्रमै गुणात्मक परिवर्तन आउने उनीहरूले बताएका छन् । आगामी आर्थिक वर्षभित्र उक्त आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x