Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

चुनाव यता नेप्से ओरालो तर्फ, ८९.५ अंकले झर्याे नेप्से

चुनाव यता नेप्से ओरालो तर्फ, ८९.५ अंकले झर्याे नेप्से

काठमाडौ, ११ पौष । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन यता शेयर बजार ८९.५ अंकले झरेको छ । निर्वाचन अघि मंसिर २० गते १५३६.५४ विन्दुमा रहेको बजार आज मंगलबारसम्ममा ८९.५ अंकले झरेर १४४७.०४ विन्दुमा पुगेको छ । निर्वाचन पछि मंसिर १४ गते खुलेको शेयर बजारको तुलनामा आज मंगलबार नेप्से परिसुचकमा ८३.४५ अंकले गिरावट आएको छ ।

निर्वाचन पछि शेयर बजारले वियरिस टे«न्डको प्रवृति देखाएको छ । निर्वाचन अघि शेयर बजारमा केहि सकारात्मक संकेत देखिएता पनि निर्वाचन पछि भने बजार निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । यद्यपि निर्वाचन पछि एक दिन मंसिर २७ गतेमात्र बजार बढेको थियो । शेयर बजार निरन्तर ओरालो लाग्नुको कारण भने लगानीकर्ताहरुको अन्यौल मनस्थितीलाई मानिएको छ । यस्तै शेयर बजारमा शेयरहरुको आपुर्तिमा आएको वृद्धिले समेत नेप्सेमा नकारात्मक असर परेको बताइएको छ । अहिले मुलुकको अर्थतन्त्र नै सुस्त गतिमा रहेकोले समेत शेयर बजार सुस्ताएको बुझिएको छ ।

निर्वाचन पछि सरकार गठन हुने र अर्थतन्त्रलाई विस्तार गर्न नीति तथा कार्यक्रमहरु आउने विश्वासमा शेयरलगानीकर्ताहरु रहेका छन् । तर निर्वाचन पछि सरकार गठनमा नै अन्यौलता आएको कारण यसको प्रभाव शेयर बजारमा देखिएको छ । यता शेयर बजारमा शेयरको आपर्ति बढेपनि शेयर खरिदका लागि पर्याप्त रकम शेयरलगानीकर्ताहरुसंग छैन । वित्तीय प्रणालीमा देखिएको निक्षेपको स्रोतको आभाव र कर्जा संकटका कारण बैंक तथा वित्तीय संस्थाहरुले कर्जा विस्तारमा रोक लगाएका छन् । यसरी कर्जा विस्तारमा रोक लगाइएको कारण शेयर कर्जा पाउने सम्भावना न्युन रहेको छ । साथै शेयर दलालमार्फत मार्जिन लेडिङ गरिने कार्यविधी बने पनि स्पष्ट भई सकेको अवस्था छ्रैन । सोहि कारण पनि शेयरको आपुर्ति बढेसंगै माग पक्ष भने स्थिल देखिएको हो ।

आज मंगलबार शेयर बजार २०.६४ अंकले घटेर १४४७.०४ विन्दुमा प्ुगेको छ । मंगलबार १५९ कम्पनीहरुको १० लाख ३८ हजार २९८ कित्ता शेयरको किनबेचबाट ५४ करोड २ लाख ९२ हजार १४४ रुपैयाँको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x