Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सामाजिक सुरक्षाकोषमा ४ हजार सहभागि,दर्ताका लागि तीन महिना थप

सामाजिक सुरक्षाकोषमा ४ हजार सहभागि,दर्ताका लागि तीन महिना थप

काठमाडौं,३ साउन ।  योगदानमा आधारित सामाजिक सुरक्षा योजना यसै महिनाबाट कार्यान्वयमा लागेपनि जम्मा चार हजार प्रतिष्ठान सहभागि भएका छन् । सामाजिक सुरक्षा कोषका अनुशार हालसम्म तीन हजार ८ सय प्रतिष्ठानका करिव ३० हजार श्रमिक यसमा आवद्ध भएका छन् । कोषमा आवद्ध हुने समय अवधि तीन महिना थप गरिएको छ । हालसम्म तीन हजार ८ सय प्रतिष्ठान मध्ये तीन नम्बर प्रदेशबाट मात्र २५ प्रतिष्ठानहहरु यस योजनामा सहभागि भएका छन् ।

अपेक्षा अनुशार सहभागिता कम भएपछि समाजिक सुरक्षा कोषले रोजगारदातालाई कोषमा आवद्ध हुने समय अवधि थप गरेको हो । कोषले बुधवार एक सुचना मार्फत तीन महिना समय थप गर्दै आगामी असोज मसान्त सम्म रोजगारदाताहरु कोषमा आवद्ध हुन समय दिएको छ । कोषमा सहभागि भइसेका रोजगारदाता र श्रमिकहरुका लागि भनेयसै महिनाबाट सामाजिक शुरक्षा योजना लागु हुने कोषले जनाएको छ । कोषमा आवद्ध भएका सवैलाइ सामाजिक सुरक्षा नम्बर प्रदान गरिएको र साउनको अन्तिमबाट रोजगदारदताबाट रकम संकलन शुरु हुने र आवद्ध हुनेहरुको हकमा सामजिक सुरक्षा योजना आर्कषित हुने कोषको भनाइ छ ।  योजनामा सहभागी हुने आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्नेछ । रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा हुनेछ । रकम जम्मा गर्न सुरु भएसँगै पश्चात कोषले सञ्चालन गर्ने सामाजिक सुरक्षा योजनाहरु आकर्षित हुने छ ।

कोषमा आवछद्ध हुनेहरुका लागि औषधि उपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र बृद्धावस्था सुरक्षा योजना ल्याएको छ ।हाला सम्म तीन हजार ८ सय प्रतिष्ठानका करिव ३० हजार श्रमिकहरु यस योजनमा आवद्ध भइसकेका छन् । पछिल्ला दिनमा केही नीतिगत र प्रकृयागत जटिलताहरु फुकाइएको र कार्यविधि सहज पारिएकाले कोषमा सहभागी हुने रोजगारदाताको संख्या बढने अपेक्षा कोषले गरेको छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x