कामना सेवा बैंककोे ९७ औं शाखा कास्कीको पुरुन्चौरमा
काठमाडौं, ७ साउन । कामना सेवा विकास बैंक लिमिटेडले ९७ औं शाखा कार्यालय विस्तार गरेको छ । बैंकले गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नं. १९ स्थित पुरुन्चौरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गरेका हुन् । हाल बैंकले ९७ वटा शाखा कार्यालय र ४५ वटा एटीएममार्फत् सेवाहरु प्रदान गर्दै आएको छ ।