Date

मङ्ल, माघ १, २०८१
Tue, January 14, 2025

मौद्रिक नीतिपछि सेयर कारोबारमा उत्साह

मौद्रिक नीतिपछि सेयर कारोबारमा उत्साह

काठमाडौं, ९ साउन । मौद्रिक नीति सार्वजनिक पछि सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। सेयर बजार परिसूचक नेप्से आज १४.१५४ अंकले घटेको छ। तर कारोबार रकममा भने उत्साहजनक सुधार आएको छ ।

आज १ सय ७१ कम्पनीको २१ लाख ९८ हजार १ सय २६ कित्ता सेयर ५५ करोड ५ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ। पछिल्लो समय क्रमश ओरालो लागेको बजार मौद्रिक नीति पछि सकारात्मक बाटोमा अघि बढ्ने अपेक्षा गरिएको थियो ।त्यसो नभएपनि सेयर बजार सुधारका प्रयासहरु भइरहेकाले लगानीकर्ता भने उत्साहित देखिएको विश्लेषण गरिएको छ।

त्यस्तै आज नेप्सेमा सूचिकृत सबै समूहको उपसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी सेयर कारोबार प्रभु बैंक लिमिटेडको भएको छ । उक्त बैंकको ६ कारोड १७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसैगरी सबैभन्दा बढी सेयर कारोबार गर्ने क्रमको दोस्रोमा कृषि विकास बैंक लिमिटेड रहेको छ । उक्त बैंकको ४ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x