Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मौद्रिक नीति प्रति परिसंघको सकारात्मक धारणा

मौद्रिक नीति प्रति परिसंघको सकारात्मक धारणा

काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति २०७६÷ ७७ प्रति नेपाल उद्योग परिसंघले सकारात्मक प्रतिक्रिया दिएको छ । मौद्रिक नीतिले समग्र आर्थिक विकासलाई सघाउ पु¥याउने लक्ष्य राखेको भन्दै परिसंघले सकारात्मक प्रतिक्रिया दिएको हो ।

निजी क्षेत्रले माग गर्दै आएको अनुमान योग्य व्याजदर तथा त्यसको स्थिरता कायम गर्न केहि मौद्रिक उपकरणहरु प्रयोग भएकाले उक्त नीतिले निजी क्षेत्रको चासोलाई ध्यान दिनुलाई सकारात्मक रुपमा लिएको जनाएको छ । नीतिले तरलता व्यवस्थापन गर्न समेत प्रयाप्त ध्यान दिएको परिसंघको बुझाई छ ।

त्यस्तै गैरआवासी नेपाली तथा संस्थागत विदेशी निक्षेपकर्ताहरुबाट विदेशी मुद्रा निक्षेप संकलन गर्न सक्ने प्रावधानलाई परिसंघले स्वागत गरेको छ । परिसंघले सरकारले राखेको ८.५ प्रतिशत आर्थिक वृद्धि लक्ष्य हाँसिल गर्न आफ्नो तर्फबाट जुन सुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x