Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

बोटलर्स नेपाललाई पुनः ‘बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८’ प्राप्ति

बोटलर्स नेपाललाई पुनः ‘बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८’ प्राप्ति

काठमाडौं, ९ साउन । कोका–कोला नेपालको बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेड ‘बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८’ को रनर अप अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (आईक्यान)ले प्रदान गर्ने उक्त अवार्डबाट बोटलर्स नेपाल सम्मानित भएको हो ।

उक्त अवार्ड अर्थमन्त्री डा.युवराज खतिवडाले बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर सुमित गोयल तथा बोटलर्स नेपालका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेका गरे । बोटलर्स नेपाल लिमिटेडले विगत ४ वर्षदेखि निरन्तर ‘बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८’ जित्दै आएको जनाइएको छ ।

बोटलर्स नेपाल लिमिटेडले सन् २०१५, २०१६ र २०१७ मा क्रमश सेकेन्ड रनर अप, फस्ट रनर अप तथा विजेताको अवार्ड जित्न सफल भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x