बाढी र डुवानबाट प्रदेश १ मा मात्र कृषि तर्फ ८१ करोडको क्षति

काठमाडौं,१० साउन । गत असरा २६ बाट तीनदिन सम्म परेको अविरल वर्षासँगै आएको बाढीले प्रदेश नम्बर १ मा मात्र कृषि ८१ करोड रुपैयाँ बढी क्षति भएको छ । प्रदेश १ को भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रालयका अनुशार कृषि बालीतर्फ १४ जिल्लामा ८१ करोड २८ लाख ९२ हजार र पशुपन्छीतर्फ २५ लाख ८० हजार रुपैयाँ गरी ८१ करोड ५४ लाख ७२ हजार रुपैयाँबराबरको क्षति भएको छ।
कर्षि बाली तर्फ बालीतर्फ खोटाङमा एक करोड १५ लाख ३७ हजार, सुनसरीमा चार करोड आठ लाख, मोरङमा आठ करोड ७४ लाख ५० हजार, झापामा ७१ लाख, भोजपुरमा ६६ करोड ४८ लाख र पाँचथरमा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
यसै गरी पशुपन्छीतर्फ पाँचथरमा १० लाख, मोरङमा सात लाख, सुनसरीमा चार लाख ८० हजार, ओखलढुंगामा दुई लाख र तेह्थुमा दुई लाख रुपैयाँबराबरको क्षति पुगेको छ। बाढी, पहिरो र सुक्खाका कारण १० हजार ६ सय ८२ हेक्टरमा लगाइएको बाली नष्ट भएको छ।
गत असर पछिल्लो साता पछि बाढीले डुवान र पहिरको कारण ज्यान गुमाउनेको संख्या १११ पुगेको गृहमन्त्रालयले जनाएको छ ।