Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउदै

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउदै

काठमाडौं, १८ साउन । भाररतीय विदेशमन्त्री एस जयशंकर भदौ ४ गते नेपाल आउने भएका छन् । नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकमा सहभागि हुन जयशंकर नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हुनेछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जयशंकरबीच हुने बैठकमा भारतको सहयोगमा सञ्चालित परियोजनाहरूको समीक्षा, नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन, भारतीय डुबान, पञ्चेश्वर र सीमा विवादबारे छलफल हुने बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x