नविल बैंकले ४ अर्व २९ करोड नाफा कमायो
काठमाडौं, २९ साउन । नविल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ७.८५ प्रतिशतले मात्र बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ९८ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकले गत वर्ष ७ अर्ब ३३ करोड ६० लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष ब्याज आम्दानी ६ अर्ब २६ करोड २० लाख रुपैयाँ थियो । गत वर्ष निष्क्रिय कर्जा अनुपात ०.२५ विन्दु प्रतिशत बढेर ०.७५ प्रतिशत विन्दुमा पुगेको छ ।
त्यस्तै, बैंकले गत वर्ष १ खर्ब ६४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब २९ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले निक्षेप संकलन २१.९२ प्रतिशत र कर्जा प्रवाह १८.५४ प्रतिशतले बढेको हो ।