सेयर बजारमा ९.२० अंकको गिरावट
काठमाडौ, १ भद्रौ । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा गिरावट आएको छ । बजार ९.२० अंकले घटेर १२१४.८३ को बिन्दुमा बन्द भएको छ।
आज कारोबार आएका मध्ये उत्पादन एवं प्रशोधन बाहेक अरु सबै समूहको परिसूचकमा गिरावट आएको छ । १ सय ६० कम्पनीको ३२ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सबैभन्दा धेरै सेयर कारोबार एनआइसी एसिया बैंकको भएको छ।