प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस
काठमाडौं,२ भदौ । नेपाल विद्युत् प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने भएको छ । प्रधिकरणले आर्जन गरेको खुद मुनाफा जनही ७ हजारका दरले मुनाफा दिइने घोषणा गरेको छ ।
यसैगरी महंगी भत्ता वापत सबै कर्मचारीले प्रति महिना थप २ हजार रुपैयाँ पाउने भएका छन्। प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा सात अर्ब २० करोड नाफा आर्जन गरेको थियो ।