Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

स्थानीय तहका प्रतिनिधिहरुको मासिक तलव खारेजीको माग गर्दै सर्वोच्चमा रिट

स्थानीय तहका प्रतिनिधिहरुको मासिक तलव खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं,२ भदौं । स्थानीय तहका पदाधिकारी तथा सदस्यले लिदै आएको मासिक तलव, ज्याला एव सुविधा खारेज गर्रन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।  अधिवक्ता लोकेन्द्र ओलीले संविधानविपरीत प्रदेश सभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिने ऐनको खारेजीको माग गदै रिट निवेदन दायर गरेका हुन ।  संविधानिक ब्यवस्थाको गलत व्याख्या गरी प्रदेश नं २ र ३, गण्डकी, प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाले मासिक रुपमा तलब, ज्याला, पारिश्रमिकसहित सुविधा लिन पाउने ऐन जारी गरेर लागू गरेको निवेदनमा जिकिर गरिएको छ ।  रिट निवेदनमा प्रदेशसभाले संविधानको गम्भीर उल्लङ्घन गरी लागू गरेका ऐन तत्काल बदर खारेजीको माग गरिएको छ । निवेदनमा छ वटै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई विपक्षी बनाइएको छ । संवैधानिक इजलासमा दर्ता भएको रिटको पेसी यही भदौ ६ गते तोकिएको छ । प्रदेश नं १ को प्रदेशसभाले भने सुविधा मात्रै लिने कानुन बनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x