Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

ह्याकरले लुटेको पैसा बैकलाई फिर्ता

ह्याकरले लुटेको पैसा बैकलाई फिर्ता

काठमाडौं २२ भदौ । गत शनिबार चिनियाँ ह्याकरले बैकको एटिएम कार्डबाट निकालेको पैसा बैकहरुलाई फिर्ता गरिएको छ । ह्याकहरुले नेपालको एटिएमबाट निकालिएको पैसा बैकलाई फिर्ता गरिएको हो ।

ह्याकहरुले नेपाल र भारत दुवै देशका एटिएमबाट ६ वटा बैकको रकम निकालेका थिए । नेपालबाट करिव साढे ३ करोड झिकेका थिए । भारतबाट अहिलेसम्म भारु १ करोड ५ लाख लुटिएको देखिएको छ । नेपालबाट निकालिएको रकममध्ये नबिलको ७० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ५० लाख र नेपाल एसबिआइ बैंकको २१ लाख रुपैयाँ फिर्ता गरिएको हो । कुमारी, मेगा र एभरेष्ट बैंकको पैसा पनि फिर्ता भएको छ । ह्याकहरुले ग्लोबल आइएमइ, प्रभु, माछापुच्छ्रे, जनता, एनआइसी एसिया, सनराइज र सिटिजन्स बैंकको एटिएम कार्ड घोटेर रकम निकालेका थिए ।
एटिएम ह्याक गरी निकालिएका रकमको बिषयमा अध्ययन भै रहेको छ । सिङ्गापुरबाट आएको टोलीले फरेन्सिक जाँच गरिरहेको छ । भारतबाट भने के कति रकम लुटियो भन्ने अनुसन्धान जारी नै छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x