दशैंको व्यापार मुलुकका लागि चुहिएको गाग्रीमा पानी हाले सरह
काठमाडौं, १८ असोज । एक वर्षपछि फेरी पनि खुसीको लहर बोकेर बडा दशैं हाम्रो घर आगनमा आइसकेको छ । समाजशास्त्रीय हिसाबले दशैं भन्ने बित्तिकै ठुला बढाको आशिर्वाद र पारिवारिक मिलन हो । तर दशैं हरेक तह र तप्काबाट आर्थिकरुपमा पनि जोडिएको छ । जसले सामाजिक, सांस्कृतिक, आर्थिक सबै क्षेत्रमा उत्साह ल्याउँछ र अर्थतन्त्रलाई चलायमान बनाउँछ ।
राम्रो लगाउनु र मिठो, मसिनो खानु त दशैंको विशेषता नै भइहाल्यो । मासुको लागि ३३ लाख भन्दा बढी त खसीबोका र च्याग्रा मात्रै खपत हुने अनुमान छ भने करोडौं रुपैयाँको लत्ताकपडा र खाद्यन्न आयात भएको छ । वर्षभरि हुने कुल कारोबारको ४० प्रतिशत व्यापार दशैं, तिहार र छठ पर्वमा हुने अर्थशास्त्री केशव आचार्य बताउछन् ।
थप भिडियो सामाग्रीमा