मेगा बैंकले ११.७५ प्रतिशत लाभांश दिने, साधारण सभा कात्तिक २९ मा
काठमाडौं, १ कात्तिक । मेगा बैंकले कात्तिक २९ गतेका लागि नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभामा ११.७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताप पेश गरिने छ । बैंकले गत वर्षको मुनाफाबाट नगद लाभांश दिन लागेको हो ।
त्यस्तै साधारण सभामा आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरिने छ । बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि मेगाले कात्तिक १५ बुक क्लोज गर्ने छ ।