Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनटीसीको इन्टरनेट लिज लाइनको महसुल घट्यो

एनटीसीको इन्टरनेट लिज लाइनको महसुल घट्यो

काठमाडौं, ५ कात्तिक । नेपाल टेलिकम (एनटीसी)ले इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । कम्पनीले कात्तिक १ गतेदेखि लागू हुने गरी महसुल घटाएको हो । पहिले न्यूनतम ५१२ केबिपिएसदेखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेको टेलिकमले अब न्यूनतम २ एमबिपिएस क्षमतामा सेवा उपलब्ध गराउने जनाएको छ ।

यसअघि १ देखि १० एमबिपिएस ब्यान्डविथ रेन्जको महसुल दर प्रतिएमबिपिएस ४ हजार २ सय रुपैयाँ रहेकामा अब २ देखि २० एमबिपिएसको ब्यान्डविथ रेन्जको महसुल दर प्रतिएमबिपिएस २ हजार ५ सय रुपैयाँ मात्र कायम गरिएको कम्पनीले जनाएको छ ।

पहिले ११ देखि १ सय एमबिपिएस ब्यान्डविथ रेन्जको प्रतिएमबिपिएस ४ हजार रुपैयाँमा उपलब्ध गराइरहेकोमा अब २१ देखि ५० एमबिपिएस ब्यान्डविथ रेन्जको शुल्क प्रतिएमबिपिएस २ हजार ३ सय रुपैयाँमा र ५१ देखि १ सय एमबिपिएस रेन्जको प्रतिएमबिपिएस २ हजार १ सय रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

पहिले १ सय एमबिपिएसभन्दा माथिका लागि प्रतिएमबिपिएस ३ हजार ८ सय रुपैयाँ महसुल दर तोकिएकोमा अब प्रतिएमबिपिएस १ हजार ९ सय रुपैयाँमै उपलब्ध हुनेछ । कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको बताइएको छ । नेपाल टेलिकमले विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ ।

लिज सेवाको प्रयोगद्वारा कुनै पनि किसिमका अनलाइन सर्भिसहरू सञ्चालन गर्न एवं कार्यालय तथा शाखा कार्यालयहरूलाई इ–कनेक्टिभिटीबाट आबद्ध गर्न सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x