Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

आज नेप्से परिसूचक २.४० अंकले बढ्यो

आज नेप्से परिसूचक २.४० अंकले बढ्यो

काठमाडौं, ५ कात्तिक । लगातार ओरालो लागेको सेयर बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार (आज) सुधार देखिएको छ । आइतबार र सोमबार लगातार ओरालो लागेको नेप्से परिसूचक आज २.४० अंकले वृद्धि भई ११३४.७९ विन्दुमा रोकिएको हो ।

आज सेयर कारोबार रकममा पनि सुधार देखिएको छ । हिजो १६ करोड ४३ लाख रुपैयाँको कारोबार भएकोमा आज करिब १० लाख रुपैयाँबढीको सेयर कारोबार भएको छ । आज १६ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको हो । एक सय ५५ कम्पनीको ६ लाख ४५ हजार ४ सय ५३ कित्ता सेयर खरिद–विक्री भएको छ ।

सबैभन्दा बढी सेयर कारोबार नविल बैंक लिमिटेडको भएको छ । उक्त बैंकको १ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको हो । नेप्सेमा सूचिकृत ११ समूह मध्ये ५ समूहको उपसूचकमा गिरावट आएको छ भने अन्य ६ समूहको उपसूचकमा वृद्धि भएको छ ।

सबैभन्दा बढी उपसूचक गिरावट हुने समूहमा निर्जीवन बीमा रहेको छ भने सबैभन्दा बढी उपसूचक वृद्धि हुनेमा जीवन बीमा समूह रहेको छ । निर्जीवन बीमाको उपसूचक १७.७१ अंकले घटेको छ । त्यस्तै जीवन बीमा समूहको उपसूचक १९.०६ अंकले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x