Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

रुस र फिनल्याण्डसँग हवाई सम्झौताको तयारी

रुस र फिनल्याण्डसँग हवाई सम्झौताको तयारी

काठमाडौं, १९ कात्तिक । नेपालले फिनल्याण्ड र रुससँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । नेपालबाट सिधा हवाई उडान गर्ने गरी सम्झौता गर्ने तयारी भएको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आगामी दुई महिना भित्रमा सम्झौता हुनेछ ।

मन्त्रालयका अनुसार फिनल्याण्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि चासो देखाएको हो । फिनल्याण्डको सबैभन्दा ठूलो वायुसेवा प्रदायक कम्पनी फिनिस एयरले नेपालमा सीधा हवाई उडान गर्ने इच्छा व्यक्त गरेको हो । काठमाडौँ—फिनल्याण्ड करीब साढे १० घण्टाको हवाई यात्रा तय गर्नुपर्ने हुन्छ । फिनिस एयरले अहिले भारतको नयाँ दिल्लीसम्म सिधा उडान गर्छ । नेपालमा पर्यटक तथा युरोप जाने नेपाली विद्यार्थीलाई लक्षित गर्दै सो कम्पनीले नेपालमा सिधा उडान गर्ने इच्छा देखाएको हो ।

रुससँग भने नेपालको यसअघि पनि हवाई सम्झौता भएको थियो । तर, उडान भने बीचमा नै रोकिएको थियो । यस्तै पर्यटकीय सम्भावना बोकेको इण्डोनेसियासँग पनि नेपालले हवाई सम्झौताको प्रयास थालेको छ । प्रारम्भिक छलफल गरिए पनि इण्डोनेसियाली पक्षले थप प्रतिक्रिया दिएको छैन । नेपालले ३९ वटा मुलुकसँग हवाई सम्झौता गरेको भए पनि ८ ओटा देशमा मात्र उडान भर्दै आएको छ । नेपालमा हाल २६ ओटा एयरलाइन्सले उडान गर्दै आएका छन् । यस अघि नेपालले क्यानाडा र अस्ट्रेलियाँसँग हवाई सम्झौता गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x