प्रधानमन्त्री ओलीद्वारा माथिल्लो त्रिशुली थ्री एको उद्घाटन
काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट विद्युतीय माध्यमबाट उक्त आयोजनाको उद्घाटन गरेका हुन ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले भने निर्मित आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका—५ सिम्लेबाट उदघाटन गरे ।
३०÷३० मेगावाटमा पहिलो र दोस्रो युनिट यसअघि नै विद्युत् उत्पादन परिक्षण गरिएको थियो । यो सँगै आयोजनाले व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु गरेको छ । आयोजनाले दैनिक रुपमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
कुल १४ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएपनि अहिलेसम्म आइपुग्दा १७ अर्ब रुपैयाँ लागत पुगेको जनाइएको छ ।